Logo २२ भाद्र २०८३, सोमबार | Mon Sep 7 2026


बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाकाे २४ बुँदे प्रस्ताव पारित


169
Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि २४ बुँदे विशेष प्रस्ताव पारित गरेको छ।

पार्टी संयोजक पुष्पकमल दाहालको अध्यक्षतामा केन्द्रीय कार्यालयमा आइतबार बसेको बैठकले प्रभावित क्षेत्रको स्थलगत अनुगमनपछि देखिएका चुनौतीहरूलाई सम्बोधन गर्न उक्त प्रस्ताव पारित गरेको हो। बैठकले बाढीका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै तत्काल खोज, उद्धार र राहत वितरणलाई तीव्र बनाउन सरकारसँग माग गरेको छ।

साथै, पीडितहरूका लागि अस्थायी आवास, व्यावसायिक राहत, र दीर्घकालीन रूपमा सुरक्षित आवास योजना लागू गर्नुपर्नेमा जोड दिइएको हाे।​ त्यस्तै, अवरुद्ध बनेका अत्यावश्यक सेवा तथा पूर्वाधारहरू तत्काल पुनः सञ्चालन गर्न, जोखिम मूल्याङ्कन गर्न, र राष्ट्रिय जलवायु तथा विपद् कोष स्थापना गर्न प्रस्ताव गरिएको छ।

विपद्को पूर्वसूचना प्रणाली सुदृढ बनाउने विषय प्रस्तावमा उल्लेख गरिएकाे छ। द्रुत प्रतिकार्य टोली गठन गर्ने,अन्तर्राष्ट्रिय स्तरमा जलवायु न्यायका लागि आवाज उठाउने र राष्ट्रिय एकता कायम गरी विपद्को सामना गर्ने नेकपाको प्रस्तावमा उल्लेख गरिएकाे हाे।