Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


सार्वजनिक लेखा समितिमा १७ उजुरीमाथि छानबिन शुरुः आर्थिक अनियमितताका मुद्दामा गम्भीर हुन सांसदहरूको सुझाव

काठमाडाैं । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले समितिमा परेका उजुरीहरूको अध्ययन तथा छानविन प्रक्रिया अगाडि बढाएको छ । सोमवार सिंहदरबारमा बसेको समितिको बैठकमा सांसदहरुलाई उजुरी वितरण गरी अध्ययन तथा छलफल प्रक्रिया अगाडि बढाएको हो । समितिमा परेका १७ वटा उजुरीमाथिको प्रारम्भिक छलफलमा सांसदहरुले समितिको कार्यक्षेत्रभित्र पर्ने विषयका उजुरीहरुको सन्दर्भमा समिति गम्भीर बन्नुपर्ने बताएका छन् ।…