Logo २३ भाद्र २०८३, मंगलबार | Tue Sep 8 2026


देशमा अहिले गोली चलाउने हिम्मत कसैले गर्न सक्दैन : गृहमन्त्री गुरुङ


546
Shares

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आफूमाथि गरेको विश्वासलाई निरन्तर जगाइराख्ने बताउनुभएकाे छ ।

जेनजी सहिदहरूको स्मृतिमा मंगलबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताउनुभएकाे हाे ।

उहाँले भन्नुभयाे, ‘मेरो पार्टी सभापति रवि लामिछानेले विश्वास गरेर जेनजीको आशालाई मर्न दिन हुँदैन, तिमी त्यो कुर्सीमा बसेर देखाइदेऊ- सुशासन के हुन्छ भनेर। त्यो विश्वासलाई निरन्तर जगाइराख्न चाहन्छु।’

गृहमन्त्री गुरुङले आफू मन्त्री, दाइ, भाइ, छोरा रहेको बताउँदै गोली चलेमात्रै आफू ढल्ने र देशमा अहिले गोली चलाउने हिम्मत कसैले गर्न नसक्ने बताउनुभयाे ।

Skip This