Logo २२ भाद्र २०८३, सोमबार | Mon Sep 7 2026


राप्रपाका महामन्त्री शरदराज पाठकले गरे पार्टी परित्याग

पार्टीको विचारधारा र व्यवहारबीच चरम विरोधाभास रहेको जिकिर

598
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री शरदराज पाठकले पार्टी परित्याग गर्नुभएकाे छ।

महामन्त्री पाठकले आइतबार राप्रपासँग पूर्णरुपमा अलग भएको घोषणा गर्नुभएकाे हाे। पार्टी समयानुकूल पुनर्संरचनामा क्रियाशील नभएको, सुशासनप्रति इमानदार हुन नसकेको उहाँकाे भनाइ छ। राप्रपाले जनताले भरोसा गर्न सक्ने दलका रूपमा विकसित हुन नचाहेकाले आफूले पार्टीसँगको यात्रा अन्त्य गरेको उहाँकाे आराेप थियाे ।

पार्टीको विचारधारा र व्यवहारबीच चरम विरोधाभास रहेको महामन्त्री पाठकको जिकिर रहेकाे छ।