Logo २२ भाद्र २०८३, सोमबार | Mon Sep 7 2026


रास्वपा सभापति लामिछाने र अमेरिकी विदेशमन्त्री रूबिओबीच टेलिफोन संवाद

नेपाललाई थप सहयोग गर्न अमेरिका तयार

0
Shares

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र अमेरिकी विदेशमन्त्री मार्को रूबिओबीच टेलिफोन संवाद भएको छ।

उनीहरूबीच साेमबार बिहान टेलिफोन संवाद भएको सभापति लामिछानेको सचिवालयले जनाएको हाे। संवादका क्रममा विदेशमन्त्री रुबिओले रसुवा भोटेकोशी बाढीका कारण ज्यान गुमाएकाहरुलाई श्रद्धाञ्जली व्यक्त गर्दै सरकार र नेपाली जनताको साथमा रहेको बताउनुभएकाे छ।

सभापति लामिछानेले संवादका क्रममा सरकारले सम्भव भएसम्म सबै शक्ति उद्दार र राहत वितरणमा लगाएको जानकारी गराउनुभएकाे हाे। सभापति लामिछानेले नेपाल भ्रमण गर्ने कुनै पनि देशका नागरिकको सुरक्षाका लागि मुलुक प्रतिबद्ध रहेको समेत बताउनुभएकाे उहाँकाे सचिवालयले जनाएकाे छ।

सभापति लामिछानेले नेपाललाई अफ्ठ्यारो समयमा सहयोगका लागि विदेशमन्त्री रुबिओलाई धन्यवाद दिनुभयाे। विदेशमन्त्री रुबिओले नेपाललाई थप सहयोग गर्न अमेरिका तयार रहेको समेत बताउनुभएकाे सचिवालयले जनाएकाे छ।