काठमाडौं, कात्तिक २२ । बहिर्गमनमा परेका पूर्वमाओवादी लडाकुहरुले कोटेश्वर, पेरिसडाँडास्थित माओवादी केन्द्रको मुख्यालय कब्जा गरेका छन् । सोमबार दिउँसोदेखि बहिर्गमित पूर्वलडाकुहरुले माओवादी पार्टी कार्यालयका कर्मचारीलाई भित्रै थुनेर कब्जा गरेका हुन् । गत शनिबार र आइतबार राजधानीमा भएको बहिर्गमित लडाकुहरुको भेलाले सातबुँदे माग राख्दै सोमबादेखि पार्टी मुख्यालय कब्जा गर्ने निर्णय गरेको थियो । पार्टी पटक–पटक सरकार…