पोखरा, कात्तिक २२ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान संशोधनमा एमालेले अतिवादी सोच र मधेशी दलले हठ त्यागेर लचक हुनुपर्ने बताएका छन् ।
नेपाली कांग्रेस कास्कीले पोखरामा आयोजना गरेको पार्टी कार्यकर्ता भेटघाटमा नेता पौडेलले एमाले र मधेसी दलले अतिरन्जित कुरा गरेर संविधान संशोधनमा बखेडा थापेको आरोप लगाए ।
उनले मधेसी र जनजाती समुदायका गुनासालाई छिटो संविधान संशोधनवाट संबोधन गरेर संविधान कार्यान्वयनमा अघि बढ्नु पर्नेमा जोड दिए ।









प्रतिक्रिया दिनुहोस्