रुद्रगोपान डाँगी (इमेज)
रुकुम, कात्तिक २२ । ऊर्जामन्त्री जनार्दन शर्माले अंगीकृत नागरिकलाई राष्ट्रपति वा प्रधानमन्त्री बनाउन सकिने गरी संविधान संशोधन प्रस्तावको कुरा भ्रममात्रै भएको बताएका छन् ।
रुकुमको मुसिकोटस्थित सेरीगाउँमा नेपाल विद्युत् प्राधिकरणको वितरण तथा ग्राहक सेवा केन्द्रको सोमबार उद्घाटन गर्दै मन्त्री शर्माले अंगीकृत नागरिकलाई राष्ट्रपति र प्रधानमन्त्री बनाउने कुरामा माओवादी पार्टी नलागेको र अहिलेको सरकारले पनि यसको समर्थन नगरेको स्पस्ट पारे ।
उनले सहमतिका आधारमा संविधान संशोधन गर्ने गरी सरकार अगाडि बढेको र संविधान संशोधन सहमतिबाटै हुने दाबी गरे ।
संविधान संशोधनपछि स्थानीय निकायको निर्वाचन हुने उनको भनाइ थियो ।









प्रतिक्रिया दिनुहोस्