Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


मोर्चाको गलत माग सम्बोधन गर्न संविधान संशोधन हुन सक्दैन : खनाल


0
Shares

भैरहवा, कात्तिक २२ । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले मधेसी मोर्चाका गलत माग सम्बोधन गर्न संविधान संशोधन हुन नसक्ने बताएका छन् ।

प्रेस चौतारी रुपन्देहीले सोमबार भैरहवामा गरेको पत्रकार भेटघाटमा उनले अहिलेको संविधान विश्वकै उत्कृष्ट संविधान बनेको ठोकुवा गरे ।

देशलाई बहुराष्ट्रिय बनाउने, अंगीकृतलाई राज्यका उपल्लो तहमा पुर्‍याउने र सीमांकन उनीहरुले भनेजस्तो हुनुपर्ने माग कुनै हालतमा पूरा नहुने खनालको भनाइ थियो ।

 

Skip This