कन्चनपुर, कात्तिक २२ । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले सोमबार कन्चनपुर सदरमुकाम महेन्द्रनगरमा महँगी र भ्रष्टाचारको विरोधमा प्रदर्शन गरेको छ ।
जिल्ला विकास समितिबाट सुरु भएको विरोधर्यालीका सहभागीहरुले थाल बजाउँदै बजार परिक्रमा गरी मदनचोकमा पुगेका थिए ।
प्रदर्शनपछि आयोजित कोणसभामा बोल्ने वक्ताहरुले देशमा मौलाउँदै गएको कालोबजारी, भ्रष्टाचार, अनियमिततालगायतका विषयमा तत्काल ध्यान दिन माग गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्