संविधान संशोधन गरी असन्तुष्ट पक्षलाई निर्वाचनमा सहभागी गराउनु, तोकिएकै समयभित्र तीन तहका निर्वाचन सम्पन्न गर्नु र विगतमा धुमलिएको छवि सुधार गर्नेजस्ता मुख्य चुनौती देउवाका अगाडि छन् । राजनीतिक विश्लेषक प्रा. डा. विजय दत्त असन्तुष्ट पक्षलाई सहमतिमा ल्याएर तीनै तहको निर्वाचन सम्पन्न गर्नु प्रधानमन्त्री देउवाको मुख्य चुनौती भएको बताउँछन् । विगतको इतिहासलाई हेरेर अहिले नै देउवामाथि…