
बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले अधिकांश जिल्लामा उम्मेदवारी टुंगो लगाएको छ भने विवादित जिल्लाहरुमा पनि बिहीबारै उम्मेदवारहरुको टुंगो लगाउने जनाइएको छ ।
५ नम्बर प्रदेशका बाँके, दाङ, बर्दियालगायतका जिल्लामा उम्मेदवारको विषयमा विवाद देखिएर स्थानीयस्तरमा टुंगो लगाउन नसकेपछि सम्भावित उम्मेदवारको नामावली केन्द्रीय कार्यालयमा पठाइएको थियो ।
बैठकपछि कांग्रेस नेता विमलेन्द्र निधिले ठूलो पार्टीभित्र आंकाक्षी धेरै हुनु स्वाभाविक भएको भन्दै बिहीबारी उम्मेदवारी टुंग्याउने जानकारी दिए ।
उनले बैठकमा सरकारलाई पूर्णता दिने विषयमा पनि छलफल भएको बताए । यस विषयमा कार्यदलले गृहकार्य गरिरहेको पनि निधिले जानकारी दिए ।
उनले सरकार गठनका विषयमा पार्टीभित्र कुनै विवाद नभएको दाबी गरे ।
नेपाली कांग्रेस र माओवादी केन्द्रको राजनीतिक समीकरण दीर्घकालीन हुने भन्दै नेता निधिले संविधान कार्यान्वयन र शान्ति–प्रक्रियालाई टुंग्याउन समीकरणले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्