क्षेत्रीय कार्यसमिति र जिल्ला कार्यसमितिले उम्मेदवारको टुंगो लगाउन नसकेपछि आकांक्षीहरुको नामावली केन्द्रीय समितिमा पठाइएको नेपाली कांग्रेस बैतडीका महासमिति सदस्य तथा प्रतिनिधिसभाका लागि उम्मेदवारका आकांक्षी चतुरबहादुर चन्दले जानकारी दिए । प्रदेशसभाका लागि २ र प्रतिनिधिसभाका लागि १ क्षेत्र रहेको बैतडीमा तीनजना उम्मेदवार हुने भएपनि कांग्रेसमा २८ जना आकांक्षी देखिएपछि जिल्लामा टुंगो लगाउन नसक्दा केन्द्रमा पठाइएको हो…