
नवलपरासीमा नेकपा एमाले सुनवल नगर कमिटीले बुधबार सुनवलमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा सचिव ज्ञवालीले यस्तो विचार व्यक्त गरेका हुन् ।
सो अवसरमा नेता ज्ञवालीले विगतका सबै कमी–कमजोरीलाई सच्याउँदै पार्टीलाई पहिलो बनाउने गरी चुनावमा केन्द्रित हुन कार्यकर्तालाई निर्देशन दिए ।
उनले अब प्रदेश र केन्द्रमा पनि एमालेले बहुमत ल्याएर एमालेकै सरकार बन्ने जिकिर गरे ।
नेता ज्ञवालीले प्रदेश नम्बर–२ को चुनावमा सिट संख्याको हिसाबले कमजोर देखिएपनि समग्र भोटको हिसाबले एमाले दोस्रो नम्बरमा रहेकाले आत्तिनुपर्ने अवस्था नरहेको तर्क गरे ।
‘एमालेलाई निषेध गर्दा पनि एमालेको पक्षमा जनलहर देखिनुले जनता एमालेप्रति आशावादी छन् भन्ने प्रमाणित भएको’ उनको जिकिर थियो । रासस
प्रतिक्रिया दिनुहोस्