२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


कास्कीका तीनवटै क्षेत्रका लागि माओवादी केन्द्रबाट उम्मेदवार सिफारिस


0
Shares

प्रतिनिधिसभा क्षेत्र नं १ मा पूर्वमन्त्री एवं प्रदेश नं ४ का इञ्चार्ज देवप्रसाद गुरुङ, क्षेत्र नं २ मा राजकाजी गुरुङ र क्षेत्र नं ३ मा रामजी बराललाई सिफारिस गरिएको पार्टीका जिल्ला नेता लालमोहन तिवारीले जानकारी दिए ।

त्यस्तै प्रदेश सभामा क्षेत्र नं १ मा झलकपाणि तिवारी र क्षेत्र नं ३ मा गंगा पोखरेलको नाम सिफारिस गरिएको छ भने बाँकी क्षेत्रको नाम आज टुंगो लगाएर सिफारिस गरिने उनले बताए । (रासस)