
समस्त नेपालीलाई बडादसैंको शुभकामना दिँदै पूर्वराजा शाहले मौलिक नेपाली संस्कृति, परम्परा र नैतिक मूल्य–मान्यता विस्थापित गर्दै जाने र आयातित संस्कृति र धर्म प्रोत्साहित भइरहेकोप्रति गम्भीर बन्नुपरेको उल्लेख गरेका छन् ।
बुधबार एक विज्ञप्ति जारी गर्दै पूर्वराजा शाहले राज्यका सबै संयन्त्रहरुको राजनीतिकरण भइरहनु र राज्यप्रतिको विश्वास र भरोसामा ह्रास आउनु देशका लागि शुभसंकेत नभएकोसमेत जनाएका छन् ।
उनले ‘दूरगामी महत्वका राष्ट्रिय मुद्दाहरुको निरुपण जनमतमार्फत् खोज्न हिच्किचाउनुलाई प्रजातन्त्रसम्मत् व्यवहार भन्न मिल्छ कि मिल्दैन ?’ भनी प्रश्नसमेत तेर्साएका छन् ।
जिम्मेवार निकाय वास्तविकताको सामना नगरी तर्कन खोजेको भन्दै पूर्वराजा शाहले ध्यानाकर्षणसमेत गराएका छन् ।
प्रतिक्रिया दिनुहोस्