सोमबार पाँचथरको इम्बुङमा भएको चुनावीसभालाई सम्बोधन गर्दै उनले ‘सदियौंदेखि मुठीभरका केही व्यक्तिहरुले विकास निर्माणलाई कब्जा गर्दै आएकोमा त्यसलाई अब बन्ने सरकारले स्थानीय तहमा पुर्याउने’ बताए । चुनावीसभामा पाँचथरका वाम गठबन्धनका प्रतिनिधिसभाका उम्मेदवार वसन्तकुमार नेम्वाङ, प्रदेशसभा ‘ख’का उम्मेदवार इन्द्र आङबो, नेताहरु अइन्द्रसुन्दर नेम्वाङ, लेखनाथ न्यौपानेलगायतले बोलेका थिए ।