
बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले मुख्यमन्त्री तथा मन्त्रीहरूको पारिश्रमिक र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई निर्णयार्थ पेस गरेका थिए ।
विधेयकमा मुख्यमन्त्रीको मासिक तलब ६१ हजार र मन्त्रीको ५२ हजार रुपैयाँ रहने उल्लेख छ ।
यस्तै, बैठकबाट प्रदेशसभा सदस्य कृष्णबहादुर थापाले प्रस्तुत् गरेको मस्यौदा संशोधन समितिको प्रतिवेदनसहित प्रदेशसभा नियमावलीको पहिलो संशोधन विधेयक पनि सर्वसम्मत पारित भएको छ ।
प्रतिक्रिया दिनुहोस्