संसदको बुधबार बसेको बैठकले मतदाता नामावलीसम्बन्धी विधेयक २०७३ र निर्वाचन आयोग विधेयक २०७३ लाई सर्वसम्मतले पारित गरेको हो । संसदको राज्य व्यवस्था समितिले तयार पारेको प्रतिवेदनसहितको विधेयक केही दिनअघि बसेको संसद बैठकमा पेस गरिएको थियो । यी दुबै विधेयक पारित भएपछि अब निर्वाचनसम्बन्धी तीनओटा महत्वपूर्ण विधेयक संसदमा विचाराधीन छन् । यी विधेयकसमेत पारित भइसकेपछि निर्वाचन…