निर्वाचन आयोगको काम, कर्तव्य तथा मतदाता नामावलीसम्बन्धी विधेयक संसदमा पेस • Image Khabar Image Khabar


निर्वाचन आयोगको काम, कर्तव्य तथा मतदाता नामावलीसम्बन्धी विधेयक संसदमा पेस


Imagekhabar
११ माघ २०७३, मंगलवार १७:०३

निर्वाचन आयोगको काम, कर्तव्य तथा मतदाता नामावलीसम्बन्धी विधेयक संसदमा पेस

राज्य व्यवस्था समितिले लामो छलफलपछि पारित गरेको विधेयक मंगलबार समितिका सभापति दिलबहादुर घर्तीले संसदमा पेस गरेका हुन् ।

दुबै विधेयकलाई सोमबार बसेको राज्य व्यवस्था समिति बैठकले पारित गरेको थियो ।

विधेयकका कतिपय विषय विवादित बनेपछि समितिले उपसमिति गठन गरेर त्यसको निरुपण गरेको हो ।

समानुपातिक निर्वाचन प्रणालीतर्फ सिट प्राप्त गर्न दल विशेषले निश्चित प्रतिशत मत प्राप्त गरेको हुनुपर्ने सीमा अर्थात् ‘थ्रेसहोल्ड’ उल्लेख गर्ने/नगर्ने भन्ने विषयमा भने समिति निर्णयमा पुग्न सकेको छैन ।

साथै, दुई वा दुईभन्दा बढी दलहरु मिलेर निर्वाचन लड्दा एउटै चुनाव चिह्न प्रयोग गर्न पाउने/नपाउने विषयमा पनि समितिले कुनै निर्णय दिन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्