२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


‘सहमतिकै आधारमा चुनावको मिति घोषणा’


0
Shares

मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र मधेसी मोर्चाबीच भएको छलफलमा सहमतिकै आधारमा मिति घोषणा गर्ने आश्वासन प्रधानमन्त्री पुष्पकमल दाहालले दिएका हुन् ।

बैठकमा मधेसी मोर्चाले परिमार्जनसहित संशोधन विधेयक पारित नगरेसम्म चुनावमा जान नसक्ने बताएपछि प्रधानमन्त्री दाहालले दलहरुबीच छलफल गरेर निर्वाचन घोषणा गर्ने बताएको जनाइएको छ ।

बैठकपछि सन्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री विमलेन्द्र निधिले परिमार्जनसहितको संशोधन विधेयक पारितपछि चुनावको घोषणा गर्ने बताए ।