उनीहरुले लोकतन्त्रको मुटुकोरुपमा रहेको निर्वाचन (स्थानीय, प्रदेश र संसद) वि.सं. २०७४ माघ ७ गतेभित्र सम्पन्न गराउन सरकार र निर्वाचन आयोगले ध्यान दिन तथा तराई–मधेसमा एक घर एक शौचालय बनाउने अभियान सन्चालन गर्न माग गरे ।
दुर्गम क्षेत्रमा रहेका स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी र औषधिसमेत नभएको गुनासो राख्दै उनीहरुले पूर्व–पश्चिम राजमार्गअन्तर्गत् नवलपरासी जिल्लाको मौलाखोलाको पुल मर्मत गर्नसमेत सरकार र सदनको ध्यानाकर्षण गराए ।
यसरी ध्यानाकर्षण गराउनेमा सांसद कृष्णप्रसाद पौडेल, कृष्णभक्त पोखरेल, गणेश पहाडी, गणेशसिंह ठकुन्ना, गुरुप्रसाद वुर्लाकोटी, चन्द्रकान्त भण्डारी, गोमा कुँवर, चूडामणि विक जंगली, जानकीकुमारी साउद, तप्तबहादुर विष्ट, तुलसा राना, तुलराज विष्ट र गौरीकुमारी ओली थिए । रासस









प्रतिक्रिया दिनुहोस्