मेची–महाकाली अभियानका क्रममा आइतबार मोरङको विराट चोकमा आयोजित आमसभालाई सम्बोधन गर्दै ओलीले स्थानीय तहको चुनाव अहिलेको अपरिहार्य आवश्यकता रहेको बताए । स्थानीय तहको निर्वाचन तोकिएकै समयमा हुन जरुरी रहेको भन्दै उनले आफ्ना टोल छिमेकका प्रतिनिधि चुन्न पाउने जनताको अधिकार कसैले खोस्न नसक्ने जिकिर गरे । आमसभालाई एमाले नेताहरु सुवास नेम्वाङ, भीम रावल लगायतले पनि सम्बोधन…