३१ जेष्ठ २०८१, बिहिबार | Thu Jun 13 2024


मधेसी मोर्चाको सहभागितामा स्थानीय चुनाव हुन्छ: प्रधानमन्त्री


0
Shares

आज विराटनगर विमानस्थलमा संचारकर्मीसंग कुरा गर्दै उनले मधेसी मोर्चासँग जारी संवाद सकारात्मक रहेको भन्दै मोर्चाको सहभागितामा तोकिएक समयमा चुनाव हुने दाबी गरे ।

स्थानीय तहको संख्या थपेर वा अन्य कुनै तरिकाले मधेसी मोर्चासँग सहमतिको खोजी भइरहेको उनको भनाई थियो ।

प्रधानमन्त्री दाहालले चुनावपछि पनि संविधान संशोधन गर्न सकिने भन्दै सबै दलको सहमतिमा संशोधन प्रक्रियालाई निश्कर्षमा पु¥याउन सरकार प्रयत्नशील रहेको उल्लेख गरे ।