
एमालेले मोरङको विराटनगर चोक र सुनसरीको इटहरीमा सभा गर्न लागेको हो ।
विराटचोकको सभालाई एमाले उपाध्यक्षहरु बामदेव गौतम र भीम रावलले सम्बोधन गर्ने कार्यक्रम रहेको एमालेका प्रचार विभाग प्रमुख योगश भट्टराईले जानकारी दिए ।
इटहरीमा भने वरिष्ठ नेता माधवकुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ ।
‘संविधान कार्यान्वयन, निर्वाचन, समृद्धि, स्वाभिमान, राष्ट्रिय एकता र सामाजिक सद्भाव’ नारासहित एमालेले शनिबार झापाको काँकडभिट्टाबाट अभियान सुरु गरेको हो ।
प्रतिक्रिया दिनुहोस्