नुवाकोट । यहाँको विदुर नगरपालिकामा तोडफोडमा संलग्न भएको आरोपमा प्रहरीले शुक्रबार पक्राउ गरेका कार्यकर्तालाई गएराति नै रिहा गरेपछि नेपाली काँग्रेसले आज गर्ने भनेको नुवाकोट बन्द फिर्ता लिएको छ । विदुर नगरले बढाएको एकिकृत सम्पत्ति कर घटाउन माग गर्दै विहीबार नेपाली कांग्रेसले नगरपालिका घेराउ कार्यक्रममा नगरपालिका कार्यालयमा भएको तोडफोडमा संलग्न भएको आरोपमा पक्राउ परेका नेपाल विद्यार्थी…