Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


विवेकशील साझा पार्टीले बुझायो अख्तियारमा ज्ञापनपत्र


0
Shares

काठमाडौं । विवेकशील साझा पार्टीले ठूला अनियमितता, भ्रष्टाचार र पदीय दुरुपयोगमा संलग्न सबैलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ध्यानाकर्षण गराएको छ ।

विवेकशील साझा पार्टीले आज अख्तियारमा पुगेर ज्ञापनपत्र बुझाउँदै अनियमिततामा संलग्न सबैलाई कारबाहीको दायरामा ल्याउन माग गरेको हो ।

पार्टीकी प्रदेश नं. ३ की संयोजक समीक्षा बाँस्कोटाले अख्तियारका प्रवक्ता रामेश्वर दंगाललाई ज्ञापनपत्र बुझाउँदै नेपाल वायुसेवा निगमको वाइडबडी जहाज खरिद प्रकरण, ३३ किलो सुन तस्करी प्रकरण, एनसेल प्रालिको लाभ कर, नेपाल आयल निगमको जग्गा खरिद प्रक्रिया, नेपाल टेलिकमको फोरजी सेवा विस्तारमा भएको अनियमितताको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरे ।

ज्ञापनपत्र बुझाउन जाने क्रममा विवेकशील साझा पार्टीका कार्यकर्ताहरुले अख्तियार बाहिर विभिन्न ब्यानर तथा प्लेकार्ड बोकेर प्रदर्शनसमेत गरेका थिए ।