Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


राजसंस्था देशको स्थायित्वका लागि आवश्यक छः राजेन्द्र लिङ्देन


0
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले राजसंस्था देशको स्थायित्वका लागि आवश्यक रहेको बताउँदै त्यसको पक्षमा पार्टीले उठाएको मुद्दामा कुनै हीनतावोध गर्नुपर्ने अवस्था नरहेको बताउनुभएको छ ।

शनिवार पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा राप्रपा संवद्ध पूर्वप्रहरी परिषद्को प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले उहाँले राजसंस्थाको पक्षमा उभिनु कुनै व्यक्तिगत स्वार्थसँग जोडिएको विषय नभएको स्पष्ट पार्दै देशको हित र स्थायित्वका लागि आफूहरूले राजसंस्था आवश्यक ठानेको बताउनुभयो ।

राजाबाट व्यक्तिगत रूपमा विगत, वर्तमान वा भविष्यमा कुनै लाभको अपेक्षा नरहेको उल्लेख गर्दै उहाँले राजसंस्थाबारे नयाँ पुस्तामा भ्रम फैलाइएको दाबी गर्नुभयो । राजा हुनु भनेको लोकतन्त्र नहुनु होइन भन्ने कुरा समाजमा बुझाउनुपर्ने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘हामीले उठाएका कुनैपनि मुुद्दामा हामीले हिनतावोध गर्नुपर्दैन । राजसंस्थाको विषयमा हामी स्पष्ट हुनुपर्दछ । हामीले कुनै व्यक्तिगत स्वार्थले नेपालमा राजसंस्था चाहिन्छ भनेको होइन । राजा चाहिन्छ भनेर हिँड्नुको अर्थ हाम्रो कुनै व्यक्तिगत स्वार्थसँग जोडिएको छैन । मैले व्यक्तिगत रुपमा राजाबाट न हिजो पाएको थिएँ, न आज पाएउको छुु र न भविष्यमा पााउने आशाा राखेकोे छु । तर राजसंस्था यो मुलुकको लागि आवश्यक छ । यो मुलुुकको स्थायित्वका लागि आवश्यक छ । समग्र राप्रपा त्यही उद्देश्यले उभिएको छ । केही माानिसहहरुले सुनियोजित रुपमा भ्रम फैल्याएका छन् र नयाँ पुस्ताहरुमा राजसंस्थााबारे भ्रम छ । हाम्रा विरोधीले राजा हुुनुलाई प्रजातन्त्र नहुनुसँग जोड्छन् । तर समाजलाई हामीले राजा हुनु भनेकको लोकतन्त्र नहुनु होइन भनेरर बुझाउनुपर्छ ।’

अध्यक्ष लिङदेनले देशमा साढे तीन दशकदेखि नेपाली काँग्रेस र कम्युनिष्ट पार्टीहरूले शासन गर्दै आए पनि भ्रष्टाचार, बेरोजगारी र राजनीतिक अस्थिरता जस्ता समस्या समाधान हुन नसकेको टिप्पणी गर्नुभयो । उहाँले मुलुक भूराजनीतिक रूपमा समेत जोखिमतर्फ अघि बढिरहेको भन्दै समस्याहरू समयमै सम्बोधन नगरिए देश दुर्घटनामा पर्न सक्ने र नेताहरूले देश छाडेर भाग्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिनुभयो ।

देशमा नयाँ राजनीतिक समझदारी आवश्यक रहेको धारणा राख्दै उहाँले समस्या व्यक्तिमा मात्रै नभई विद्यमान व्यवस्थामा समेत रहेको बताउनुभयो । नेताहरू परिवर्तन हुँदै गए पनि समस्या यथावत रहनुले प्रणालीमै सुधार आवश्यक रहेको पुष्टि गरेको उहाँको भनाइ छ । कसैलाई निषेध वा अपमान गरेर नभई सहमतिको आधारमा अघि बढ्नुपर्नेमा जोड दिँदै लिङ्देनले देशलाई पुनः द्वन्द्वमा जानबाट रोक्न नयाँ समझदारी गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘देशमा साढे ततीनन दशकदेखि काँग्रेस, कम्ययुििनिष्टहरुको शासन रह्यो । कहिले कसको, कहिले कसको तर मानिसहरु तिनै घुमेर बसे । हामीले देशमाा भ्रष्टाचार बढिरहेको छ, बेरोजगारी बढीरहहेकको छ, भूराजनीतिक हिसावले हामी खतरातर्फ गइरहेका छौँ, त्यसलाई चाँडै सम्बोधन नगर्ने हो भने देश दुर्घटनामाा जान्छ, नेताहरु भाग्नुपर्ने स्थिति आउननसक्छ । त्यसैले देशमा नयाँ समझदारी गर्नुपर्छ भनेका थियौँ । समस्या टाउकोमा त छ नै,, मानिससमा त समस्या छ नै समस्या नेतामा मात्रै छैन, जुन नेताले देशमा यो प्रणाली ल्याए मान्छेसहित प्रणालीमा सुधार गर्नुपर्छ । कसैले कसैलाई हेपेर होइन, सहमतिमा अघि बढ्नुपर्छ भन्यौँ । भागाभाग भयो, मानिसहरु पनि फेरिए, तर समस्या जहाँको त्यहीँ छ । आज पनि भन्छु, मान्छेमा मात्रै समस्या होइन, समस्या व्यवस्थाममा पनि छ । मान्छे फेरेर मात्रै समस्या समाधान हुँददैन भन्नेकुरा अहिले पुष्टि भइरहेको छ । देशलाई अझै पनि द्वन्द्वमा जान नदिने हो भने नयाँ समझदारी गर्नैपर्छ । कसैले नहार्ने र देशले जित्ने सहमति होस् ।’

अध्यक्ष लिङदेनले देशले जित्ने र कुनै पक्ष हार्न नपर्ने खालको राजनीतिक सहमति आवश्यक रहेको बताउनुभयो ।