अक्कल कुँवर/भरत केसी (इमेज) काठमाडौं, साउन १५ । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस भएका कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीको सुनुवाइ प्रक्रिया लम्बिएसँगै विभिन्न प्रश्न उब्जिएका छन् । संवैधानिक परिषदले सिफारिस गरेपछि प्रस्तावित प्रधानन्यायाधीश जोशीको समितिले सुनुवाइ त गर्यो । तर, निर्णय दिन समय लगाएपछि अनेक टिप्पणी हुन थालेका छन् । अझ संविधानविद्हरु त यो स्वतन्त्र न्यायपालिकाका लागि…