२१ जेष्ठ २०८०, आइतबार | Sun Jun 4 2023


सरकारले अधिनायकवाद लाद्न खोज्यो : देउवा


0
Shares

जनकपुर, फागुन १८ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले दुईतिहाइको दम्भ देखाउँदै आमजनता र सन्चारमाध्यमलाई लेख्ने र बोल्नमा पाबन्दी लगाउन खोजेको आरोप लगाएका छन् ।

शनिबार जनकपुरमा साहित्य–कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सवको उद्घाटन गर्दै उनले सामाजिक सञ्जालमासमेत रोक लगाएर सरकारले अधिनायकवाद लाद्न खोजेको जिकिर गरे ।

सभापति देउवाले मैथिली भाषा र संस्कृतिले नेपाल र भारतलाई जोड्ने पुलको काम गर्दै आएको बताए ।

यही फागुन २३ गतेसम्म चल्ने महोत्सवमा मिथिला संस्कृति र भाषाको वर्तमान अवस्था र प्रदेशको नाम तथा भाषाबारे नेपाल र भारतका विद्वानहरुबीच छलफल हुने जनाइएको छ ।