२१ जेष्ठ २०८०, आइतबार | Sun Jun 4 2023


राष्ट्रिय एकतालाई बलियो बनाउनुपर्नेमा पूर्वराष्ट्रपतिको जोड


0
Shares

धादिङ, फागुन १७ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले राष्ट्रिय एकतालाई बलियो बनाउनुपर्नेमा जोड दिएका छन् ।

शुक्रबारदेखि धादिङमा सुरु भएको धादिङ पर्यटन तथा औद्योगिक मेलाको उद्घाटन कार्यक्रममा डा. यादवले हिमाल, पहाड र तराईबीच बलियो एकता कायम गरेरमात्रै मुलुकलाई अग्रगतिको बाटोमा अघि बढाउन सकिने बताए ।

धेरै उतार–चढावका बाबजुद् देशमा इतिहासकै राम्रो संविधान आएको उनको भनाइ थियो ।