काठमाडौं, असोज २४ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक स्थगित भएको छ । बुधबार बिहान बालुवाटारमा बस्ने भनिएको सचिवालय बैठक स्थगित गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले जानकारी दिए । शीर्ष नेताको व्यस्तताका कारणले गर्दा बैठक सारिएको हो । उनकाअनुसार बैठक आगामी शनिबार २७ गते बिहानका लागि बोलाइएको छ ।…