Logo २७ असार २०८३, शनिबार | Sat Jul 11 2026


‘समाजवादी पार्टीसँग तत्काल एकता सम्भव छैन’


0
Shares

राजविराज, वैशाख २८ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्षमन्डलका संयोजक शरत्सिंह भण्डारीले समाजवादी पार्टी नेपालसँगको एकता तत्कालका लागि सम्भव नभएको बताएका छन् ।

शनिबार सप्तरीको राजविराजमा आयोजित पत्रकार सम्मेलनमा संयोजक भण्डारीले मधेसी, आदिवासी, जनजाति तथा अल्पसंख्यकको अधिकार प्राप्ति तथा संविधान संशोधनका विषयमा समाजवादी पार्टीको धारणा स्पस्ट नभएकाले एकता प्रक्रिया पछि धकेलिएको स्पस्ट पारे ।

सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गरेपछि तत्काल सरकार छाड्नुपर्ने पार्टीले त्यसको विरोधसमेत नगरेको भन्दै उनले समाजवादी पार्टी संविधान संशोधनका विषयमा अझै अन्योलमा रहेको टिप्पणी गरे ।

संयोजक भण्डारीले सांसद रेशम चौधरीलगायतका अन्य नेता तथा कार्यकर्तालाई रिहाइ गर्न सरकारसँग माग गरे ।