काठमाडौं, कात्तिक १७ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान घोषणापछि सम्पन्न तीन तहका निर्वाचनबाट नेपाली कांग्रेस पार्टीको सिद्धान्त विजय भएको बताएका छन् । दसैं, तिहार, छठ तथा नेपाल संवत्को उपलक्ष्यमा शुभकामना आदान–प्रदान गर्न कांग्रेस काठमाडौं महानगरपालिका–४ कार्यसमितिले शनिबार यहाँ आयोजना गरेको कार्यक्रममा देउवाले तीन तहका निर्वाचनपछि कांग्रेसले अपेक्षित मतपरिणाम ल्याउन नसके पनि अर्को निर्वाचनमा…