Logo २७ असार २०८३, शनिबार | Sat Jul 11 2026


जिल्ला इन्चार्ज र सह-इन्चार्जको नाम टुंगो लगाउन नेकपाको सचिवालय बैठक बस्दै


0
Shares

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का जिल्ला कमिटीका इन्चार्ज र सह–इन्चार्जको नाम टुंगो लगाउन सचिवालय बैठक आज बस्दै छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ३ बजेका लागि सचिवालय बैठक बोलाइएको छ ।

नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच जिल्ला कमिटी इन्चार्ज र सह–इन्चार्जका बारेमा मोटामोटी सहमति भएपछि आज सचिवालय बैठक बोलाइएको हो ।

दुई अध्यक्षबीच हिजो नामका विषयमा भएको छलफल सकारात्मक भएपछि आज सचिवालय बैठकमार्फत् अनुमोदन गर्ने तयारी भएको बताइएको छ ।

सचिवालय बैठकले ७७ जिल्लाका इञ्चार्ज र सहइञ्चार्जको नाम अनुमोदन गर्ने छ ।

जिल्ला कमिटीका इञ्चार्ज र सह–इञ्चार्जको नाममा अध्यक्षबीच मोटामोटी सहमति भए पनि केन्द्रीय विभागका विषयमा भने छलफल बाँकी रहेको स्रोतले जनाएको छ ।

पछिल्लो समयमा विभाग र जिल्ला इन्चार्जहरुको टुंगो लगाउनका लागि बोलाइएको सचिवालय बैठक दुईपटक सरिसकेको थियो ।