Logo २७ असार २०८३, शनिबार | Sat Jul 11 2026


नेकपा सचिवालय बैठक बिनानिष्कर्ष टुंगियो


0
Shares

काठमाडौं, जेठ २१ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बिनानिष्कर्ष टुंगिएको छ ।

प्रधानमनत्री निवास बालुवाटारमा मंगलबार अपराह्न केहीबेर बसेको बैठकमा केन्द्रीय सदस्यहरुको कार्यविभाजनको टुंगो लाग्न नसकेपछि बुधबार पुनः बस्नेगरी टुंगिएको हो ।

बैठकमा केन्द्रीय सदस्यहरुको कार्यविभाजनकाबारेमा छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

‘भोलि केन्द्रीय कमिटीका सदस्यहरुको कार्यविभाजनको सन्दर्भमा आज भएको छलफलले पूर्णता पाउँछ’–उनले भने–‘त्यसपछि सांगठनिक एकीकरणका बाँकी अन्य काम र अन्य विषयमा भोलि नै समय भयो भने वा त्यसपछाडिका बैठकहरुमा छलफल हुनेछ ।’