काठमाडौं, कात्तिक २६ । सरकारले भारतका लागि नेपाली राजदूतमा नीलाम्बर आचार्यलाई सिफारिस गरेको छ । हिजो राति बसेको मन्त्रिपरिषद् बैठकले आचार्यलाई राजदूत सिफारिस गरेको हो । आचार्य पूर्वकानुनमन्त्री एवं नेपाल भारत प्रवुद्ध व्यक्तिहरुको समूहको सदस्य समेत हुन् । सरकारले ६ महिना अघि पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीको नाम सिफारिस गरे पनि संवैधानिक आयोगमा काम गरिसकेका…