सरोज अधिकारी र दिलिप पोखरेल (इमेज) काठमाडौं, पुस १२ । संसदको हिउँदे अधिवेशन बुधबारदेखि सुरु भएको छ । विधेयक अधिवेशनकारुपमासमेत लिइने अधिवेशनको पहिलो दिन शीर्ष नेताहरुबीच जुन प्रकारको आरोप–प्रत्यारोप र तिक्तता देखियो, यसले अधिवेशनका बाँकी दिन त्यति सहज छैन भन्ने संकेत गरेको छ । फागुनको पहिलो हप्तासम्म संविधानले व्यवस्था गरेका सबै कानुन परिमार्जन तथा नयाँ…