Logo २६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026


पिसाबमा सङक्रमण देखिएपछि कांग्रेस नेता सिंह अस्पताल भर्ना


0
Shares

काठमाडौं । नेपाली काङ्ग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंह बिरामी भएपछि अस्पताल भर्ना भएका छन् ।

मधुमेह र ज्वरो बढ्नुका साथै पिसाबमा सङक्रमण देखिएपछि नेता सिंह सोमबार उपचारका लागि अस्पताल गएका थिए ।

चिकित्सकको सल्लाह बमोजिम नेता सिंह अस्पताल भर्ना हुनुभएको उनका सहयोगी युपी लामिछानेले जानकारी दिए ।

स्वास्थ्यमा केही असजिलो महसुस भएपछि नेता सिंह चार/पाँच दिनदेखि घरमै आराम गरिरहेका थिए ।

सोमबार ज्वरो नघटेपछि उनी अस्पताल भर्ना हुनुभएको र अहिले स्वास्थ्यमा क्रमिक सुधार आएको पार्टीका काठमाडौँ जिल्ला सभापति कृष्ण बानियाँ (सबुज) ले बताए ।