Logo २६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026


महतोको आपत्ति


0
Shares

काठमाडौं, साउन २० । राष्ट्रिय जनता पार्टी (राजपा)का नेता राजेन्द्र महतोले सभामुख कृष्णबहादुर महराको सम्बन्धमा अनुचित शब्द प्रयोग गरेपछि उक्त शब्द ‘रेकर्ड’बाट हटाउन सभामुख महराले ‘रुलिङ’ गरेका छन् ।

प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा बोल्नेक्रममा महतोले आफ्नो नागरिकता खारेज गरेको भन्ने प्रचार गराएको भन्दै ‘सभामुख कृष्णबहादुर महरा महाडकैत हुन् भन्यो भने के हुन्छ ?’ भनेका थिए ।

उनले खारेज गरिएका नागरिकताको जानकारी दिँदा सरकारका प्रवक्ताले प्रस्ट पहिचान नखुलाइ राजेन्द्र महतोको नागरिकता खारेज गरेको भनी भ्रम उत्पन्न गरेको आरोप लगाए ।

सांसद महतोले सभामुखको उदाहरण दिएर प्रयोग गरेको शब्दप्रति नेकपाका सांसद कृष्णभक्त पोखरेल र खगराज अधिकारीले आपत्ति जनाएपछि सभामुख महराले संसदको रेकर्डबाट शब्द हटाउन रुलिङ गरेका हुन् ।