काठमाडौं, फागुन २६ । संवैधानिक परिषद्बाट मुस्लिम आयोगको अध्यक्षमा सिफारिस भएका समिम मियाँ अन्सारीलाई संसदीय सुनुवाइ समितिको स्वीकृतिबिनै अध्यक्ष बन्ने बाटो खुलेको छ । सुनुवाइ समितिको अकर्मण्यता र कानुनको गलत छिद्रको उपयोग गर्दै अन्सारीलाई मुस्लिम आयोगको अध्यक्ष बन्ने बाटो खुलेको हो । कुनै पनि संवैधानिक निकायमा नियुक्तिका लागि संसदीय सुनुवाइ समितिबाट स्वीकृत हुनुपर्ने व्यवस्था छ…