काठमाडौं, कात्तिक २४ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गुमेको नेपाली भूमि फिर्ता गर्न तत्कालै कूटनीतिक पहल गर्न सरकारसँग आग्रह गरेका छन् ।
आइतबार एक वक्तव्य जारी गर्दै डा. कोइरालाले जहाँबाट जसले नेपाली भूमि अतिक्रमण गरेपनि सह्य नहुने र राष्ट्रिय सहमतिअनुरुप गुमेको भूमि फिर्ता गर्न तत्कालै पहल थाल्नुपर्ने उल्लेख गरेका छन् ।
उनले सीमा अतिक्रमणबारे सरकारले गम्भीर अध्ययन गरी समस्याको समाधान गर्नुपर्ने औंल्याए ।
‘नेपाली भूमिमा बाह्य अतिक्रमण कोही पनि नेपालीलाई स्वीकार्य हुनै सक्दैन र यस्तो विषयमा सम्झौता हुँदैन’–उनले भनेका छन् ।
नेपालको सार्वभौमसत्ता, भौगोलिक अखन्डता, राष्ट्रियता र लोकतन्त्रसँग नेपाली कांग्रेसले कोही–कसैसँग सम्झौता नगर्ने पनि डा. कोइरालाले उल्लेख गरेका छन् ।









प्रतिक्रिया दिनुहोस्