काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले यहि फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनले विकास, समृद्धि, सामाजिक न्याय र उन्नतिको यात्रालाई नवीन ढंगले परिभाषित गर्दै नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गर्नुभएको छ । राष्ट्रपति पौडेलले साेमबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै निर्वाचन पछिल्ला उपलब्धिको रक्षा र प्रवर्द्धन गर्दै नयाँ सम्भावनातर्फ अघि बढ्ने युगीन आवश्यकता भएको उल्लेख…