काठमाडौं, जेठ २५ । संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवले सबै भाषाभाषी, सांस्कृतिक एकतालाई सम्बोधन गर्ने संविधान बनाइनुपर्ने बताएका छन् ।गठबन्धनद्वारा मंगलबारदेखि काठमाडौंको खुलामन्चमा सुरु रिले अनसनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले संविधानमा विभेदकारी व्यवस्था भएकाले संशोधन आवश्यक रहेको बताए ।अन्तरिम संविधानमा व्यवस्था भएको समावेशीतालाई अहिलेको संविधानले न्यून बनाएको उनको आरोप थियो ।‘सबै जातजातिले हाम्रो…