सिन्धुली, जेठ २३ । नेकपा माओवादी केन्द्रका नेता रामबहादुर थापाले संविधान कार्यान्वयन र वर्तमान चुनौतिको सामना गर्न देशमा राष्ट्रिय सहमतिको सरकारको जरुरी रहेको बताएका छन् । राष्ट्रिय अखण्डताको रक्षा, ऐतिहासिक संविधानको कार्यान्वयन र भूकम्पपछिको पुननिर्माणको कामअघि बढाउन सबै दलबीच साझा मत बन्नुपर्ने उनको भनाइ छ । सिन्धुलीमा पत्रकारहरुसँग नेता थापाले एमाले र तात्कालिन एमाओवादीबीचको सहमति…