काठमाडौं, जेठ २१ । सरकारको नेतृत्व फेर्नेबारे गत वैशाख २३ मा भएको भनिएको ‘भद्र सहमति’लाई लिएर सत्तारुढ दुई प्रमुख दल एमाले र माओवादी केन्द्रबीच किचलो भएको छ । प्रधानमन्त्री केपी ओलीले नौ बुँदेबाहेक कुनै भद्र सहमति नभएको दाबी गरेका छन् । प्रधानमन्त्री ओलीले बिहीबार एक सार्वजनिक कार्यक्रममा बोल्दै त्यस्तो सम्झौता भएको छ भने लिएर आउन…