Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


सडक सुरक्षा विधेयक चालु अधिवेशनमै पेश गर्न सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडाैं । प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिले सडक दुर्घटना न्युनिकरणका लागि ‘सडक सुरक्षा विधेयक’ संसदको चालु अधिवेशनभित्रै पेश गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको मंगलवारको बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई यस्तो निर्देशन दिएको हो । बैठकका निर्णयहरू सार्वजनिक गर्दै समितिका सभापति आशिष गजुरेलले सडक सुरक्षाका विषयमा गम्भीर बन्नुपर्ने अवस्था आएको बताउनु भयो…