काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सरकारले आतंकवादी गतिविधि गरिरहेको आरोप लगाउनुभएको छ ।
मंगलवार प्रतिनिधि सभा बैठकमा सरकारले प्रश्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उहाँले सुकुम्बासी बस्तीमा डोजर चलाउने सरकार आतंकवादी हो कि होइन ? भन्ने प्रश्न समेत गर्नुभयो । नेता शाहीले सरकारले सुकुम्बासी बस्तीमा नभई हुकुमवासीहरुको मानसिकतामा प्रहार गर्नुपर्ने आवश्यक्ता पनि औल्याउनु भयो ।
सुकुम्बासीहरुको नाममा हुकुम्वासीहरुले गरेका गलत काममा सरकारले मौनता साधेको भन्दै उहाँको आपत्ति थियो ।
नेता शाहीले भन्नुभयो,‘यो सरकार हो कि आतंकवादी हो ? म अहिले सरकारका मन्त्रीलाई भन्न चाहन्छु अगाडि राखेर तपाईहरु बस्दै गरेको घर २४ घण्टामा खाली गर्नुस । सक्नु हुन्छ ? सक्नु हुन्छ २४ घण्टामा डेरा सर्न ? त्यसको समय छैन । त्यो भएको हुनाले सरकारी सम्पत्ति जोगाउनु पर्छ भन्ने मान्यता राख्छु । अवैध संरचना भत्काउनुस् । यो भत्काउनु पर्छ भन्ने पक्षमा म छु । तर मानवीय संरचनामाथि डोजर चलाएर विकास हुँदैन । सरकारले सुकुम्बासी बस्ती होइन, हुकुमबासीको मानसिकतामाथि प्रहार गर्नुस । आज सत्ता र शक्तिको आडमा पूर्व माननीयज्यूले अघि भन्नु भएको थियो–आज मन्त्रीपरिषदका सदस्य समेत हुकुमवादी भएका प्रमाणहरु छन । आज त्यहाँमाथि किन डोजर चलाईएन ? सुकुम्बासी बस्ती हटाउने क्रममा आज दुई जना मान्छेले आत्माहत्या गर्नु प¥यो । अव प्रश्न उठछ ? नागरिकको जीवनको सुरक्षा सरकारको कर्तव्य हो कि होइन ?’
नेता शाहीले सरकारले अवैध संरचना हटाउने कुरा सही भएपनि गरिव सुकुम्बासीहरुमाथि डोजर चलाएर मानवीयतामाथि नै प्रहार गर्ने काम गरेको आरोप समेत लगाउनु भयो ।










प्रतिक्रिया दिनुहोस्