Logo २९ बैशाख २०८३, मंगलबार | Tue May 12 2026


पुराना नेता र पुराना पार्टी सबै उस्तै हुन भन्ने भाष्य गलतः संयोजक दाहाल


0
Shares

काठमाडाैं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले पुराना नेता र पुराना पार्टी सबै उस्तै हुन भन्ने भाष्य गलत भएको बताउनुभएको छ ।

प्रतिनिधि सभाको मंगलवारको बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राजनीतिमा मुख्य सवाल उमेर वा पुरानोपन नभई सही र गलत भएको बताउनुभयो । पुराना र नयाँको भाष्यले परिवार, समाज र राजनीतिलाई नै विभाजन हुनेभन्दै त्यस्तो नगर्न सबैमा आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सवाल पुराना र नयाँको होइन, सही र गलतको हो । पुराना नयाँको भाष्यले परिवार, समाज र राजनीतिलाई नै विभाजन गर्नेगरी अग्रसर हुन्छ । मानौ पुराना जति सबै राम्रा वा नराम्रा भन्ने बहसले समाजलाई विभाजित गर्छ । त्यसकारण म सबै माननीयज्यूहरुलाई नयाँ र पुरानाको भाष्य बदलेर सही वा गलतको भाष्यमा रुपान्तरण गर्न हार्दिक अनुरोध गर्दछु ।’
उहाँले पुराना र नयाँको भाष्य दार्शनिक, राजनीतिक र समाजशास्त्रीय दृष्टिले गलत भएको आरोप लगाउनु भयो ।