भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिकामा नेकपा (एमाले) ले खाता खोलेको छ । सूर्यविनायक नगरपालिका–१ को वडाध्यक्षमा एमालेका सानुकाजी कायष्ठ विजयी हुनु भएको हो । कायष्ठले १ हजार ३१० मत ल्याई विजयी हुनु भएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी राप्रपाका शेखर थापाले १ हजार १३० मत प्राप्त गर्नु भएको छ । महिला सदस्यमा एमालेका मन्जु कार्की…